२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इन्फीमा सामान किन्दा ५० प्रतिशतसम्म छुट

इन्फीमा सामान किन्दा ५० प्रतिशतसम्म छुट

990
Shares

काठमाडौं- नेपाली इकमर्स प्लाटफर्म इन्फी स्टोरले संगीत, खेल र शारीरिक अभ्यासमा रुचि राख्नेहरुलाई मध्यनजर गर्दै नयाँ अफर ‘ब्रीङ्ग इट अन’ सञ्चालन गरेको छ।
अफरमा चर्चित ब्रान्ड मन्त्रा गितार, द गितार शप, यमाहा म्युजिक स्टोर, भद्रकाली स्पोर्ट्स, अन्नपूर्ण स्पोर्ट्स र म्युजिक मेकिङ स्पोर्ट्सबाट सङ्गीत, खेलकुद तथा शारीरिक अभ्यासका सामानहरु सुपथ मुल्यमा घरैमा उपलब्ध गराउने इन्फीका संस्थापक एवं बिजनेस डेभलपमेन्ट हेड मुलुक लिम्बूले बताए।
उनकाअनुसार अफर फ्रेबुअरी २१ देखि सुरु भएको हाे। १४ दिन सम्म चल्ने यो अफरमा इन्फीले देशका हरेक ठाउँमा सामान डेलिभरी गर्ने दावी छ। यो अभियानमा ५० प्रतिशत सम्म छुट दिइएको लिम्बूले बताए।
सङ्गीत खेल र शारीरिक अभ्यासको अफरको माध्ययमबाट इन्फीले युवाहरुलाई स्फुर्त र शरीरिक तथा मानसिक स्वास्थ्यलाई स्वास्थ्य राख्न प्रोत्साहन दिएको बताइएको छ।

यो अफरमा सामान खरिद गर्ने ग्राहकहरुको परोपकारी कार्यमा समेत योगदान हुनेछ। हरेक समानमा खरिदबाट आएको १० प्रतिशत नाफा ‘फिट हङ्ग्री नेपाल’ लाई प्रदान गर्ने लिम्बूकाे भनाइ छ।
इन्फीको आधिकारिक वेबसाईट www.inf.store मा गएर आफुले रोजेको सामानको अनलाइन अर्डर गर्न सकिन्छ। इन्फीमा अरु अनलाइन स्टोरभन्दा कम मुल्यमा सामान पाइने र छिटो डेलिभरी समेत गरिने लिम्बूको दावी छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij