ललितपुर- ललितपुर महानगरपालिकाले सोमबारदेखि निःशूल्क चिकित्सक विशेषज्ञ सेवा शुरु गरेको छ। आफ्ना नगरका सबै जनालाई यो सेवा दिन लागेको हो।
यो सेवा सुरु गर्दै मेयर चिरीबाबु महर्जनले सेवाग्राहीहरुलाई निःशूल्क औषधि वितरण समेतको व्यवस्था मिलाएका हुन। ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालसँगको सहकार्यमा यो सेवा थालिएको हो।
सोमबार जनरल फिजिसियन, बाथरोग र महिला तथा प्रसुतिरोग विशेषज्ञबाट सेवाग्राहीहरुलाई सेवा दिइएको अल्का अस्पतालले बताए। महानगरपालिकाको यस अभियानलाई लाइन्स क्लव अफ काठमाडौं अल्का लगायतका संघ संस्थाले समेत सहयोग गरेका छन्। हरेक १५ –१५ दिनमा नगरवासीले निःशूल्क उपचार गर्न पाउने व्यवस्था मिलाइएको मेयर महर्जनले जानकारी दिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij