२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकको शाखा जुम्लामा

प्रभु बैंकको शाखा जुम्लामा

1.1K
Shares

काठमाडौं – प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्दै जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ६ मा २१३ औं शाखा सञ्चालनमा ल्याएको छ।
फागुन १० गतेदेखि कारोबार सुरुआत गर्दै बैंकले शाखा उद्घाटन गरेको प्रस विज्ञप्ती मार्फत् जानकारी दिएको छ।

शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथि चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवालले बैंकले सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको प्रति धन्यवाद तथा सफलताको शुभकामना व्यक्त गरे।

जुम्ला शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय र अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij