२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अल अहलिया एक्स्चेन्ज र आइएमईबीच रेमिट्यान्स सेवा सम्झौता

अल अहलिया एक्स्चेन्ज र आइएमईबीच रेमिट्यान्स सेवा सम्झौता

1.4K
Shares

रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको युएइस्थित कम्पनी अल अहलिया एक्स्चेन्ज र आइएमई लिमिटेडबीच साझेदारी भएको छ। आइएमईले विज्ञप्ती जारी गर्दै आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको बताएको छ।

समझदारी पछि आइएमई मार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्ने आइएमई नेपालले बताएको छ। ‘सम्झौतापछि अल अहलिया एक्स्चेन्ज यूएइबाट नेपालको आइएमई पे–मा सिधैं पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ,’ विज्ञप्तीमा लेखिएको छ। यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुवै कम्पनीका लागि अर्को महत्त्वपूर्ण फड्को भएको आइएमईले बताएको छ।

यूएइमा रहेका लाखौँ नेपालीले अल अहलिया एक्स्चेन्जबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा निक्कै खुशी लागेको अल अहलिया एक्स्चेन्जका निमित्त महाप्रबन्धक कमल सुब्बाले बताए। सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले अल अहलिया एक्स्चेन्ज यूएइ मार्फत पठाएको रकम प्रापकले सिधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रतिकारोबार ६० रुपैयाँसम्म बोनस पाउन सकिने विज्ञप्तीमा उल्लेख छ।

अल अहलिया एक्स्चेन्ज यूएइ यूएइको केन्द्रीय बैंकबाट इजाजत प्राप्त एक नेतृत्वदायी एक्सचेन्ज हाउस हो। अल अहलिया एक्स्चेन्ज यूएइले विभिन्न देशहरूमा निर्वाध रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ। यसका शाखा संजालहरुबाट वर्षको तीन सय पैसठ्ठी दिन नै सेवा उपलब्ध हुँदै आएको छ।
झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij