२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

च्यासुन्डोलमा ४ दिने विपद व्यवस्थापन सम्बन्धी तालिम हुँदै

च्यासुन्डोलमा ४ दिने विपद व्यवस्थापन सम्बन्धी तालिम हुँदै

2.4K
Shares

काठमाडौं– च्यासुन्डोल युवा क्लबको आयोजनामा बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ को संयोजनमा ४ दिने विपद व्यवस्थापन सम्बन्धी तालिम हुने भएको छ ।
विपद व्यवस्थापनको बारेमा स्थानियलाई दक्ष बनाउनका लागि नम्बर एक विपद व्यवस्थापन गण (नेपाली सेना) ले उक्त तालिम प्रदान गर्न लागेको हो । फागुन १६ गतेदेखी १९ गते सम्म सञ्चालन हुने उक्त तालिममा १६ वर्षदेखी ४० वर्षसम्मका व्यक्तिले सहभागिता जनाउन सक्नेछन् ।
तालिमले स्थानिय स्तरमा हुने विपदको समयमा व्यवस्थापन उपयोगी हुने आयोजक संस्थाका अध्यक्ष विकास खत्री जानकारी दिए । विपद व्यवस्थापन तालिमले आगामी दिनमा स्थानिय स्तरमा आइपर्ने विपदलाई सहज ढंगबाट व्यवस्थापन गर्न सकिने अपेच्छा रहेको वडा अध्यक्ष नविन केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij