२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गीतकार तारा अधिकारीको नयाँ गीत “लाली ओठैमा” सार्वजनिक

गीतकार तारा अधिकारीको नयाँ गीत “लाली ओठैमा” सार्वजनिक

1.7K
Shares

काठमाडौं – गीतकार तारा अधिकारीको नयाँ गीत लाली ओठैमा को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर छ । गीतमा संगीत राजनराज शिवाकोटी र संगीत संयोजन उदयराज पौडेलको छ । ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो । गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा पल शाह, गरिमा शर्मा र कुमार न्यौपानेलाई देख्न सकिन्छ । रमेश थापाको निर्देशनमा तयार भएको भिडियोलाई करण चैसिरको छाँयांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । म्युजिक भिडियोको चन्द्र बिनायक फिल्म प्रोडक्सनमा पोष्ट प्रोडक्सनको काम गरिएको हो ।

चपली हाइटका विभिन्न स्थानमा छाँयांकन गरिएको भिडियोमा पल र गरिमाको केमेस्ट्री छ । राजीव समरको उत्कृष्ट कोरियोग्राफी भिडियोमा छ । यो गीतको भिडियोलाई पनि दर्शकले मन पराउने विश्वास गीतकार तारा अधिकारीको छ । निर्देशक रमेश थापाले गीतको भाव अनुसार नै भिडियोमा ग्रामिण परिवेश देखाउन खोजिएको बताए ।

गीतकार अधिकारीको यस अघि नै सपना र सुनौलो तारा एल्बम बजारमा आइसकेको छ । यो एल्बमका विभिन्न गीतको भिडियो पनि बनेको छ । तर अहिलेसम्म सबैभन्दा बढी भ्युज गुलेलीमा गीतले ४८ लाख भन्दा बढी भ्युज पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij