२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बैंक अफ काठमाण्डूद्वारा अपाङ्गता संरक्षण नेपाललाई सेतो छडी हस्तान्तरण

बैंक अफ काठमाण्डूद्वारा अपाङ्गता संरक्षण नेपाललाई सेतो छडी हस्तान्तरण

1.4K
Shares

काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत अपाङ्गता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरेको छ । बैंकका संचालक प्राडा हेमराज सुबेदीज्यूले एक कार्यक्रमकाबिच उक्त सेतो छडी अपाङ्गता संरक्षण नेपालका प्रमुख बिरोध खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

बैंकद्वारा हस्तान्तरण गरीएको उक्त सेतो छडीले दृष्ट्रिबिहिन व्यक्तीहरुलाई आवतजावतमा सहयोग हुनुका साथै दैनिक जिवनयापन सहज बनाउन सहयोग मिल्ने विश्बास बैंकले लिएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij