२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

घुस लिएको आरोपमा गंगाजमुना गाउँपालिकाकी इन्जिनियर पक्राउ

घुस लिएको आरोपमा गंगाजमुना गाउँपालिकाकी इन्जिनियर पक्राउ

1.6K
Shares

काठमाडौं – धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की घुस लिएको आरोपमा पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले कार्कीलाई ९५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने कामका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा डेराबाटै उनलाई नियन्त्रणमा लिएको रिसालले बताए । कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको रिसालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij