काठमाडौं – महालक्ष्मी विकास बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन्।गत बिहीबार बसेको सञ्चालक समितिको ४७५औं बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको हो। साथै बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि दिएको छ।
१२ बर्षदेखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालको विभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ बर्षको बैकिङ अनुभव रहेको छ।
केन्द्रिय बैंकको नीति नियम भित्र रहेर सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु केद्रित हुने लम्सालले बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij