२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चालिसे विजयी

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चालिसे विजयी

1.5K
Shares

काठमाडौं – दाङको तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रामप्रसाद चालिसे विजयी भएका छन् । उनी केपी ओली र प्रचण्ड–माधव समूहको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका थिए ।
यसैगरी वाणिज्य उपाध्यक्षमा मिनराज भण्डारी र खुला उपाध्यक्षमा रुपबहादुर खत्री विजयी भएका छन् । नेकपा देशभर विभाजित अवस्थामा पुगेको बेला तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा भने ओली र प्रचण्ड–माधव समूह संयुक्त प्यानल बनाएर प्रजातान्त्रिक समूहसँग चुनाव लडेका थिए ।

प्रगतिशील प्यानलबाट उम्मेदवारी दिएर अध्यक्षमा निर्वाचित चालिसेले ८२९ मत पाए । ओली निकट चालिसेले अर्का प्रत्यासी हिमाल बस्नेतलाई ३४ मतले हराए । उद्योग उपाध्यक्ष पदमा भने प्रजातान्त्रिक प्यानलका ललितजंग शाह विजयी भएका छन् । उनले ८६० मत पाए । उनका निकटतम प्रतिस्पर्धी यज्ञबहादुर केसीले ७ सय १८ मत पाए ।
वाणिज्य उपाध्यक्ष निर्वाचित तत्कालीन माओवादी निकट भण्डारीले ९७१ मत पाएका छन् । उनका प्रतिस्पर्धी गोकर्ण गिरीले ६०३ मत पाए ।
खुला उपाध्यक्षमा निर्वाचित तत्कालीन एमाले निकट रुपबहादुर खत्रीले ८५६ मत पाए । उनका प्रतिस्पर्धी तुलसीराम न्यौपानेले ६९२ मत पाएका छन् । महासचिव विनिल केसी १ हजार ५० मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी केशवराज केसीले ५०७ मत ल्याए । विनिल र केशवराज दुवै प्रजातान्त्रिक समूहबाट उम्मेदवारी दिएका थिए ।
सचिवमा खुसलराम शर्मा ६२२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी वेदप्रसाद ओलीले ३२७ मत पाए । सचिव पदका लागि एक महिलासहित चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
कोषाध्यक्ष पदमा देवबहादुर केसी १ हजार ५५ निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेस निकट भए पनि पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।
केसीले पदाधिकारीहरुमध्ये सबैभन्दा धेरै मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसकै डिलबहादुर ओलीले ४६८ मत पाए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij