काठमाडौं– नेपाल टेलिकम ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अर्थात ६ महिनामा ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ।
यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँ अर्थात ३३.४० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा टेलिकमले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। टेलिकमको बिक्री आम्दानी घटेसँगै खर्च बढेपछि खुद नाफा घटेको हो ।
कम्पनीले समीक्षा अवधिमा सेवा बिक्री बाट १७ अर्ब ७२ करोड आम्दानी गरेको छ भने अन्य शिर्षकमा २ अर्ब ८५ करोड आर्जन गरेको छ । जसको सेवा बिक्रीकोे आम्दानी नै ३१ करोडले घटेको छ ।
कम्पनीको सेवा बिक्री बापतको आम्दानी तथा अन्य आम्दानी दुवै घटेको छ । टेलिकमले ग्राहकलाई इन्टरनेट, मोबाइल र ल्यान्डलाइन सेवा प्रदान गर्छ । यस्तै सञ्चालन तथा मर्मत, ह्रासकट्टी जस्ता खर्चहरु बढेको छ । कम्पनीको कुल आम्दानी २१ अर्ब ९२ करोडबाट २० अर्ब ५७ करोडमा झरेको छ । गत आवको यसै अवधिको भन्दा ६.१६ प्रतिशतले घटेको हो।
नाफा घटेपछि टेलिकमको प्रतिशेयर आम्दानी ६५ रुपैयाँ ८६ पैसाबाट ४३ रुपैयाँ ८६ पैसामा झरेको छ। टेलिकमको प्रतिशेयर आम्दानी २२ रुपैयाँ घटेको हो। जसको प्रतिशेयर नेटवर्थ ६३५ रुपैयाँ ८० पैसा तथा मूल्य आम्दानी अनुपात २८.८० गुणा रहेको छ।
१५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ८० अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij