२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

टिभिएसको इलेक्ट्रिक स्कुटर सार्वजनिक

टिभिएसको इलेक्ट्रिक स्कुटर सार्वजनिक

2.1K
Shares

टिभिएसले भारतीय बजारमा आफ्नो नयाँ उत्पादन ‘टिभिएस आईक्यूब इलेक्ट्रिक’ स्कुटर सार्वजनिक गरेको छ।सेतो रङ्गको यो स्कुटरमा हाइटेक फिचर्स दिइएको भारतीय संचार माध्यम जिबिजले जनाएको छ।

यसमा ४.४ किलोवाटको मोटर जडान गरिएको छ। यो स्कुटर एक पटकको फुल चार्जमा ७५ किलोमिटरसम्म चल्न सक्ने कम्पनीले जनाएको छ। ७८ किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्ने यो स्कुटरले ६ बिपिएच पावर र १४० एनएम टर्क जेनेरेछ गर्छ।

यो ४.२ सेकेन्ड भित्र ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा पुग्न सक्ने कम्पनीको दावी छ। यसमा क्यू पार्क असिस्ट, मल्टी सेलेक्ट इकोजोमी र पावर मोड, डे र नाइट डिस्प्ले लगायतका फिचर्स दिइएको छ।

त्यसैगरी यसमा रिमोर्ट ब्याट्री स्ट्याटस, नेविगेसन असिस्ट, लास्ट पार्किङ लोकेशन, इनकमिङ कल अलर्ट, एसएमएस अलर्ट लगायतमा फिचर्स पनि छन्। त्यसैगरी यस स्कुटरमा एलइडी हेडल्याम्प, अल एलइडी टेल ल्याम्प तथा आल्मुनियमको लोगो सामेल छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij