२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नाट्टाको भवन निर्माणमा आइएमई ट्राभल्सको आर्थिक सहयोग

नाट्टाको भवन निर्माणमा आइएमई ट्राभल्सको आर्थिक सहयोग

1.5K
Shares

काठमाडौं – आइएमई ट्राभल्सले नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को निर्माणाधीन कार्यालय भवनका लागि १ लाख ५१ हजार १ सय ११ रूपैयाँको चेक हस्तान्तरण गरेको छ।

आफ्नो २५ औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले उक्त सहयोग गरेको हो। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त रकम बराबरको चेक नाट्टाका प्रथम उपाध्यक्ष विनय बस्नेतलाई हस्तान्तरण गरे। कार्यक्रममा आइएमई ट्राभल्सका संचालकद्वय सरिता ढकाल एवम् अर्जुन शर्मा पौडेल, प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटा र नाट्टाका महासचिव सुधिर उपाध्यायको उपस्थिति थियो।

आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवका अवसर पारेर पर्यटन विकासमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले आन्तरिक पर्यटकहरूलाई लक्षितगर्दै बिभिन्न ग्राहकमूखी योजना ल्याएको छ।

बैंकिङ्ग, रेमिटेन्स, इन्स्योरेन्स लगायतका व्यावसायिक क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै आइरहेको आइएमई समुहले पर्यटन क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij