२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा लार्ज क्याप फन्डको इकाई बाँडफाँड

सानिमा लार्ज क्याप फन्डको इकाई बाँडफाँड

990
Shares

काठमाडौं – सानिमा क्यापिटलले बिक्रीमा ल्याएको सानिमा लार्ज क्याप फण्डको इकाई बाँडफाँड भएको छ। फण्डको इकाई निष्काशन अवधि भित्र माग गरेभन्दा अधिक इकाई खरिदको लागि आवेदन परेकोले प्रचलित कानून वमोजिम योजनाको आकारमा २० प्रतिशत थप गरेर फण्डकाे बाँडफाँड गरिएकाे क्यापिटलले जनाएको छ। क्यापिटलले बीज पूँजीको १६.१६ प्रतिशत अर्थात १ करोड ९३ लाख ८८ हजार ९४० इकाई कोष प्रवर्धक सानिमा बैंक तथा योजना व्यवस्थापक सानिमा क्यापिटललाई बाँडफाँड गरेको छ भने बाँकी १० करोड ६ लाख ११ हजार ६० इकाईहरु रीतपुर्वक आवेदन दिने सर्वसाधारण आवेदकलाई माग गरे वमोजिम बाँडफँाड गरिएकाे छ।

क्यापिटलले माघ ९ गतेदेखि १५ गतेसम्म सानिमा लार्ज क्याप फण्डको प्रति इकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाइहरु बिक्रीमा ल्याएको थियो। जसमा माग गरेभन्दा धेरै आवेदन परेपछि फण्डको आकार बढाएर १२ कराेड रुपैयाँ पुर्याएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij