२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

चितवनको इच्छाकामना गाउँपालिकाका वडाध्यक्षको निधन

चितवनको इच्छाकामना गाउँपालिकाका वडाध्यक्षको निधन

810
Shares

चितवन- चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ। भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा गए राति उनको निधन भएको हो।

लामो समयदेखि कलेजो पीडित भएका अध्यक्ष रानामगरको ३८ वर्षकोे उमेरमा निधन भएको गाउँपालिकाकी प्रवक्ता सावित्री गुरूङले बताइन्। उनको शवलाई आजै नेपाल ल्याउने तयारी भइरहेको प्रवक्ता गुरूङले जानकारी दिइन्।

रानामगरको श्रीमती र एक छोरी छन्। उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij