काठमाडौं– महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ९.२६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो बोनसमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने बैंकले जनाएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij