२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बीमा समितिको अध्यक्षमा पुर्व सचिव सिलवाल नियुक्त

बीमा समितिको अध्यक्षमा पुर्व सचिव सिलवाल नियुक्त

1.7K
Shares

काठमाडौ – बीमा समितिको अध्यक्षमा पुर्व सचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । सोमबार साँझ बसेकाे मन्त्रिपरिषद बैठकले उनलाई समिति अध्यक्षमा नियुक्त गरेको हाे ।

उनी नेपाल सरकारका पूर्व सचिव समेत हुन् । अर्थ मन्त्रालयकाे सिफारिसमा उनलाई बीमा समितिको अध्यक्ष नियुक्त गरेकाे हाे । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

समितिका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईंको कार्यकाल सकिएपछि गत पुस २३ गते देखि उक्त पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij