काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले माघ १६ गते आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको छ। बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो।
बैंकले कुल निष्काशनमध्ये २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरमा बिक्री गर्नेछ भने बाँकी १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्रमा सर्वसाधारणमा बिक्रीमा ल्याएको छ। जसमा ८० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ।
सात बर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाउने बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङले जनाएको छ। ऋणपत्र खरिद गर्न चाहाने लगानीकर्ताले माघ १६ देखि छिटोमा माघ २० गते मंगलबारसम्म आवेदन गर्न सक्नेछन भने सो अवधिमा सबै ऋणपत्र बिक्री नभएका माघ ३० गतेसम्म आवेदन दिन सकिने छ।
लगानीकर्ताले ऋणपत्रमा कम्तिमा २५ कित्ताका देखि २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij