२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

ज्योति विकास बैंकले १० प्रतिशत बोनस शेयर दिने

ज्योति विकास बैंकले १० प्रतिशत बोनस शेयर दिने

1.7K
Shares

 

काठमाडौं– ज्योति विकास बैंकको १३ वार्षिक साधारण सभा बुधवार भद्रकालीस्थित त्रिभुवनआर्मीअफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा सम्पन्न भएको छ। कोरोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गर्दै वार्षिक साधारणसभामा भर्चुअल प्रविधिमार्फत सहभागी हुनेपनि व्यवस्था गरिएको थियो।
उक्त साधारणसभाले बैंकको आर्थिक बर्ष२०७६–७७ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेकोछ।बैंकले १०प्रतिशत बोनश शेयर पारित गरेपश्चात्बैंकको चुक्तापूँजीरू ३ अर्ब ८४करोड ४८ लाख २३ हजार पुगेको छ।

त्यसैगरी साधारणसभाले ज्योति विकास बैंकको संस्थापक सेयरधनी समुहकोतर्फबाट श्रीहरिप्रसाद, हरिचन्द्र खड्का, सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समुहकोतर्फबाट नरेशराज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ।

बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६–७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढम सान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दाबढि ग्राहक रहेका छन् । बैकले४६ अर्ब निक्षेप संकलन गरेको छ भने ३७ अर्ब कर्जा प्रवाह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij