२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना

कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना

1.3K
Shares

काठमाडौं – कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने उद्देश्यले आकर्षक इन्सेन्टिभ योजना सुरु गरेको छ ।

उक्त योजना अन्तर्गत पुस १ गतेपश्चात कुमारी बैंकको मोबाइल एप्लिकेसन “कुमारी स्मार्टमा” रजिष्ट्रर भएका ग्राहकहरुले वार्षिक मोबाइल रेजिस्ट्रेशन शुल्कमा रु। १०० फिर्ता पाउनेछन् ।

सो रकम फिर्ता पाउन ग्राहकवर्गले रेजिस्ट्रेशन गरेको मितिदेखि ३ महिना भित्रमा कुमारी स्मार्ट मार्फत रु २,००० सम्मको कारोबार गरेको हुनुपर्नेछ ।
सो कारोबारमा कुमारी स्मार्ट मार्फत गरिएका हरेक क्यू आर भुक्तानी, टपअप तथा पानी, बिजुली, इन्टरनेट, टिभी भुक्तानी लगायत स्कुल कलेजको फी तथा मर्चेन्टको बिल भुक्तानी समेत सम्मिलित हुनेछन् । यो योजना सिमीत अवधीको लागी मात्र रहनेछ ।

सो रिफण्ड योजनाले सेवाग्राहीहरुमा डिजिटल भुक्तानी प्रणालीतर्फ उत्साह जगाउने र डिजिटल प्रविधिको अधिकतम प्रयोग तर्फ डो¥याउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij