२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शुक्रबार इन्फ्रास्टक्चरको आईपीओ बाँड्ने तयारी

शुक्रबार इन्फ्रास्टक्चरको आईपीओ बाँड्ने तयारी

2.4K
Shares

काठमाडौं– अहिलेसम्मकै ठुलो आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ बाँटफाँड शुक्रबार भित्रै गर्ने गरी बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले तयारी थालेको छ ।

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले सम्भवत आजै प्रि अलोटमेन्ट गर्ने र शुक्रबार बाँटफाँड गर्ने गरी तयारी अघि बढाइएको बताएको छ । धेरै आवेदन परेकाले त्यसलाई मिलाउँन समय लाग्ने भएकाले शुक्रबार निष्काशन गर्ने तयारी भएपनि निश्चित भने भइनसकेको जनाएको छ ।

बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा गरेको थियो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई बिक्रि खुला गरेको थियो ।

बैंकको उक्त आईपीओमा १५ लाख २९ हजार ४ सय ६० वटा आवेदनबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । यो आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको २.३९ गुणा बढी हो ।

हाल यस बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी २० अर्ब पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij