२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

माउन्ट केटुको कीर्तिमानी आरोही टोली स्वदेश फिर्ता

माउन्ट केटुको कीर्तिमानी आरोही टोली स्वदेश फिर्ता

1.5K
Shares

काठमाडौं – हिउँदयाममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु काठमाडौं फर्किएका छन् । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्मल पुर्जासहितको टोलीलाई पुष्पगुच्छा र खादासहित स्वागत गरिएको छ । स्वागतका लागि टानका प्रतिनिधिहरु विमानस्थल पुगेका थिए ।

नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले माघ ३ गते स्थानीय समयअनुसार शनिबार साँझ ५ः४५ बजे ८ हजार ६११ मिटर अग्लो माउन्ट केटुको सफल आरोहण गरेका थिए । दश आरोहीमध्ये निर्मल पुर्जाले अक्सिजनविना नै आरोहण गरेका थिए ।
नेपाली आरोहीहरुलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले आफ्नै निवासमा बोलाएर बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij