२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

रामेछाप जेसीजकाे सातौ पदस्थापन कार्यक्रम सम्पन्न

रामेछाप जेसीजकाे सातौ पदस्थापन कार्यक्रम सम्पन्न

2.3K
Shares

काठमाडौंं- रामेछाप जेसीजकाे सातौ पदस्थापन समाराेह सम्पन्न भएको छ । नव निर्वाचित अध्यक्ष जेसि जीवन कार्की लगायत पदाधिकारिले पदभार ग्रहण गरेका छ ।
रामेछाप जेसीजकाे सातौ पदस्थापन समाराेमा प्रमुख अतिथिमा पुर्बअर्थराज्यमन्त्री उदय समशेर राणा, विशिष्ट अतिथि नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालज्यू, विशिष्ट अतिथि मन्थली नगरपालिकाका प्रमुखरमेश कुमार बस्नेत, जेसीज क्षेत्र ‘ग’ का लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी बिमला सुवेदी कार्की रहेका थिए ।नेपाल जेसिजका पदाधिकारी , छिमेकी शाखाका अध्यक्ष तथा पदाधिकारी,  नेपाल जेसिजका पुर्ब पदाधिकारी, मातृत्व शाखा धुलिखेल जेसिजका शाखा अध्यक्ष दिपेन्द्र अवाल  रहेका  थिए । रामेछापमा रहेकोका विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि, उद्योगि, व्यबसायी, विभिन्न राजनीतिदलका प्रतिनिधि , पत्रकार , जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
जेसिसमा रहेर युवहरुको लागि काम गर्ने अध्यक्ष जेसि जीवन कार्किले प्रतिबद्धता जनाए ।

जेसिजको छैटौ जिल्ला अधिवेशनले वर्ष २०२१ का लागि  शाखा अध्यक्ष पदमा कार्कीलाई निर्वाचित गरेको थियो । 

साधारणसभाबाट कार्यकारी उपाध्यक्ष द्वय जेसी सरस्वती राय र जेसी प्रज्वल बुढाथोकी चयन भएका छन । यसै गरी उपाध्यक्षहरुमा क्रमश जेसी धिरज खत्री, जेसी संगिता श्रेष्ठ,कुमार श्रेष्ठ र जेसी सन्तोष भट्टराई चयन भएका हुन ।  कोषाध्यक्ष जेसि बिमल पौडेल , सहसचीवमा जेसि ज्ञानु श्रेष्ठ , सहकोषाध्यक्षमा जेसि यादव केसि चयन भएका थिए ।
विधान अनुसार महासचिवमा जेसी सन्तोष खत्री, कानुनी सल्लाहकारमा जेसी रामहरी सापकोटालाई अध्यक्षले मनोनित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij