२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तीन दिनमै इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १४ अर्ब रुपैयाँ बढीको आवेदन

तीन दिनमै इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १४ अर्ब रुपैयाँ बढीको आवेदन

3K
Shares

काठमाडौं – गत शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री शुरु गरेको नेपाल इन्फ्रास्ट्रक्चरको आईपीओमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । निष्काशन शुरु भएको तीन दिन (सोमबार) सम्ममामात्रै १४ अर्ब रुपैयाँ भन्दा धेरै रकम बराबरको आईपीओ आवेदन माग भएको छ ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मा पाएको एनआईबीएल एस क्यापिटवलका अनुसार सोमबार अपरान्ह ५ बजेसम्म ११ लाख ७७ हजार ९ सय जनाले १४ करोड १९ लाख ९६ हजार ४ सय २० कित्ताका लागि आवेदन दिएका छन् । जसअनुहार हालसम्म १४ अर्ब १९ करोड ९६ लाख ४२ हजार रुपैयाँ बराबरको आईपीओ माग भएको छ । बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री शुक्रबारबाट थालेको हो ।

८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणले खरिद गर्न सक्ने भएका छन् ।
सर्वसाधारणले १० देखि २ करोड कित्तासम्म आवदेन गर्न सक्ने भएका छन् । आवेदन दिन मिल्ने समय छिटोमा ६ माघ तोकिएको छ ।
ठूलो परिमाणामा भएका कारण यो बैंकको साधारण सेयर आइपीओ भर्ने सबैले प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij