काठमाडौं– काठमाडौं महानगरपालिका –३ मा रहेको धापासी बहुउद्धेश्यीय सहकारी संस्थाको चौधौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । गत वर्षको नाफाबाट सहकारीले आफ्ना शेयरधनी सदस्यलाई १० प्रतिशत बोनस दिने भएको छ ।
कोभिड १९ को कारण माघ २६ गतेदेखी सुरु भएको साधारणसभा माघ २८ गते सम्पन्न भएको छ । समापन समारोहमा संस्थाका अध्यक्ष सुर्दशन थापाको सभापतित्वमा राष्ट्रिय सहकारी संघका सञ्चालक तथा नेकपाका केन्द्रीय सदस्य टिका बुढाथोकि विशिष्ट अतिथ्यतामा सम्पन्न भएको छ ।

संस्थाले सञ्चालन गरेको पुँजी निर्माण योजना अन्र्तगत प्राथमिक सेयर निष्कासनमा सहभागी परिवारको घरमुलिहरुलाई पनि सम्मान गरेको छ । यो योजनामा एक करोड २५ लाख भन्दा बढि रकम जम्मा भएको छ । यस योजनाले थोरै लगानीबाट पनि सदस्यलाई लखपति बनाएको छ । साथै आफ्ना सदस्यहरुबाट एसइईमा सर्बोत्कृष्ट हुने विद्यार्थीलाई सम्मान पनि गरेको छ । यस वर्ष सन्ध्या गुरुङलाई धापासी सहकारी शैक्षिक पुरस्कार नगद २५०० सहित सम्मान गरेको छ ।
बार्षिक साधारण समापन समारोहमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत बार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन पारित भएको छ । २०७७ आषाढ मसान्तको वासलात स्वीकृत भएको छ । आर्थिक वर्ष २०७७–७८को बार्षिक कार्यक्रम, बजेट र लेखा परिक्षक नियुक्ति गर्ने सञ्चालक समितिको निर्णय पनि सभाले पारित गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij