काठमाडौं – सिद्धार्थ बैंकले ‘स्मार्ट टेलर’ सेवा सुरु गरेको छ। यस सुविधा सुरु भएसँगै ग्राहकहरुले चेक वा एटिएम कार्ड साथमा नभए पनि पैसा निकाल्न सक्छन्।
जसमा क्यूआर कोड स्क्यान गरेर आफ्नो बैंक खाताबाट सहजै रकम झिक्न र निकाल्न सकिन्छ। यसले ग्राहकहरुको समयको बचत हुने बैंकको भनाइ छ।
ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ एप ‘सिद्धार्थ बैंक स्मार्ट’ बाट बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरेर दैनिक एक लाखसम्म र मासिक दश लाखसम्मको रकम निकाल्न सक्नेछन्।
बैंकले,कार्ड सेवा, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, अनलाईनबाटै खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने सुविधा जस्ता विभिन्नडिजिटल बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ र आगामी दिनहरुमा पनि बैंकिङ्ग सेवाहरुलाई अझ बढि आधुनिकिकरणगर्दै जाने उद्देश्य बैंकले लिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij