काठमाडौं – प्रभु बैंकको पुस २६ गते आइतबार सम्पन्न १९ औं वार्षिक साधारण सभाले ६ सदस्यीय सञ्चालक समिति चयन गरेको छ ।
सभाले संस्थापक शेयरधनीको तर्फबाट रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा, र रामेश्वर सापकोटा तथा सर्वसाधारण शेयरधनीको तर्फबाट ऋषिराम गौतम, नेपाल होल्डिङ्गको तर्फबाट अञ्जु अधिकारी र पाँच पोखरी एग्रिकल्चर प्रालिको तर्फबाट प्रमोदन घिमिरे निर्वाचित भएको बैंकको कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए ।
सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२५ लाभांश समेत अनुमोदन गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij