२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

२४ बर्षपछि भैँसी चोरेर फरार भएका व्यक्ति पक्राउ

२४ बर्षपछि भैँसी चोरेर फरार भएका व्यक्ति पक्राउ

1.8K
Shares

सप्तरी – सप्तरीमा भैँसी चोरेर फरार भएका एकजना व्यक्ति २४ वर्षपछि पक्राउ रेका छन् । कंचनरुप नगरपालिका-४ पिप्रापूर्वका ५० व्षीय लक्ष्मण सरदार २४ वर्षपछि पक्राउ परेका हुन् ।
सरदारले २०५३ साल माघ २९ गते स्थानीय भरतलाल बहरखेरको भैँसी चोरेका थिए । र, अदालतले त्यस मुद्दामा २०७१ साल असार ५ गते एक महिना कैद र ३७ हजार रुपैयाँ जरिमाना तिर्ने फैसला सुनाएको थियो । अदालतको फैसलापछि फरार रहँदै आएका सरदारलाई उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए ।
पक्राउ परेका सरदारलाई जिल्ला अदालतमा पेस गरी कैद भुक्तान गर्न राजविराज कारागार चलान गरिएको साहले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij