२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक ४१ अंकले बढ्यो

नेप्से परिसूचक ४१ अंकले बढ्यो

1.3K
Shares

काठमाडौं – साताको पहिलो दिन आइतबार सेयर बजार ४१ अंक भन्दा माथिले बढेको छ । सेयर बजारको परिसूचक नेप्सेले आइतबार २२ सय अंक पार परेको छ। ४१ अंकले बढेको नेप्से २२३५ अंकमा कायम भएको छ। आजको सो अंक हालसम्मकै उच्च हो।
यस दिन कारोबार रकम पनि बढेको छ। कुल २०७ कम्पनीको ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जीवन बीमा बाहेकका सबै समूहहरु बढेका छन्। सो समूह १७ अंकले घटेको छ।

बैंकिङ ५९, ब्यापार ७८, होटल २०, विकास बैंक ८८, जलविद्युत १६, फाइनान्स १९, निर्जीवन बीमा ३९, उत्पादन २५, अन्य ३ र माइक्रोफाइनान्स २१ अंकले बढेका छन्। यस दिन ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतले मूल्य कमाएका छन्। प्रभु लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ। सो कम्पनीको मूल्य प्रतिकित्ता २०९ रुपैयाँ कायम भएको छ।

नारायणी विकास बैंक, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, कुमारी बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य करिब १० प्रतिशतले बढेको छ। त्यस्तै निर्धन उत्थान लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा प्रभु बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ४० करोड रुपैयाँको कारोबार हुँदा मूल्य प्रतिकित्ता २७ रुपैयाँ बढेर ४१४ रुपैयाँ कायम भएको छ। दोस्रोमा रहेको कुमारी बैंकको ३० करोडको किनबेच भयो। सो कम्पनीको मूल्य १० प्रतिशतले बढेर २८९ रुपैयाँ कायम भएको छ।
पुनर्बीमा कम्पनीको २४ करोड रुपैयाँ बराबरको कारोबार भयो भने नविल बैंकको २० करोड रुपैयाँ बराबरको कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij