२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विश्वकै धनी बने इलोन मस्क, १८५ बिलियन डलर सम्पत्ति

विश्वकै धनी बने इलोन मस्क, १८५ बिलियन डलर सम्पत्ति

2.4K
Shares

इलोन मस्क विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । उनको कुल सम्पत्ति १ सय ८५ बिलियन अमेरिकी डलर नाघेको छ । यी उद्यमी टेस्ला इन्क र स्पेस एक्सका सिईओ हुन् । टेस्लाको शेयर बिहीबार आकाशिएसँगै उनी विश्वको नम्बर एक धनाढ्य बनेका हुन् । टेस्ला इन्क विद्युतीय गाडी र क्लिन इनर्जी कम्पनी हो ।

त्यस्तै, एरोस्पेस उत्पादक र स्पेस ट्रान्फपोर्टेसन सेवा प्रदायक कम्पनी हो – स्पेस एक्स । सन् २००२ मा उनले स्पेस एक्स स्थापना गरेका थिए । टेस्ला कम्पनी २००३ मा स्थापना भएको थियो र स्थापनाको एक वर्षपछि उनी प्रडक्ट आर्किटेक्टका रुपमा यसमा आवद्ध भए, २००८ मा उनी सिईओ बने ।

यसअघि सन् २०१७ यता अमेजनका संस्थापक जेफ बेजोस लगातार सर्वाधिक धनीको सूचीमा पहिलो नम्बरमा थिए । तर, यस वर्ष टेस्ला विद्युतीय कार कम्पनी टेस्लाको भ्यालुु निकै बढ्यो । बुधबार यसको मार्केट भ्यालुु बढेर ७ सय बिलियन अमेरिकी डलर पुुग्यो । विश्वका चर्चित कार कम्पनीहरु टोयटा, भल्कस्वागन, हुुन्डाई, जिएम र फोर्डको मार्केट भ्यालुु जोड्दा पनि टेस्लाभन्दा कम नै हुन्छ ।

दोस्रो नम्बरमा झरेका जेफ बेजोसले पनि गत वर्षभन्दा यसपटक आफ्नो सम्पत्ति बढाएका छन् । कोरोना भाइरसका महामारीका कारण अमेजनको अनलाईन स्टोरको माग विगतभन्दा धेरै बढेको र फाइदा धेरै भएको छ । यद्यपी,सम्बन्ध विच्छेदपछि उनले कम्पनीको ४ प्रतिशत हिस्सा श्रीमतीलाई दिएका थिए । त्यसकारण उनलाई इलोन मस्कले उछिने । दक्षिण अफ्रिकाको प्रिटोरियामा १९७१ मा जन्मिएका इलोन मस्कले इन्जिनियरका रुपमा आफ्नो करियर सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij