२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक नारा लगाउने नेतालाई खोज्दै प्रहरी

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक नारा लगाउने नेतालाई खोज्दै प्रहरी

1.1K
Shares

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित गालीगलौज गर्ने व्यक्तिको खोजीमा प्रहरी जुटेको छ ।संसद विघटनको विपक्षमा गत मंगलबार भएको प्रदर्शनका क्रममा अमर्यादित नारा लगाउने व्यक्तिको प्रहरीले खोजी गरिरहेको हो ।

गत मंगलबार नेकपा प्रचण्ड–माधव समूहले गरेको प्रदर्शनका क्रममा आपत्तिजनक नाराबाजी गरिएपछि यस विषयमा बालुवाटारले पनि चासो देखाएको थियो । गृह मन्त्रालय पुगेर महिला नेतृहरुले कारबाहीको माग समेत गरेका थिए ।

त्यसपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धान गर्न साइबर ब्युरो, अपराध महाशाखा लगायतका युनिटलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij