काठमाडौं । बिहीबारको बजारमा नेप्से परिसूचक २११२ बिन्दुसम्म पुगेर फिर्किएको छ । कारोबार शुरु भएको साढे एक घण्टामा २११२ बिन्दुमा पुगेको परिसूचक बजार बन्द हुँदा २०८७ बिन्दुमा फर्किएको हो । जुन अघिल्लो दिनको तुलनामा १.२२ प्रतिशतले बढी हो ।
समग्रमा बिहीबारको नेप्से परिसूचक २५.२१ अंकले बढेर २०८७ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.४० अंकले बढेर ३९८.७० बिन्दुमा पुगेको छ ।
बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा बिहीबार भने ५ अर्ब ७० करोडको सेयर कारोबार भएको हो ।
दिनभर कारोबार भएको बजारमा २०७ कम्पनीको एक करोड १४ लाख कित्ता सेयर किनबेच भएको हो । सबैभन्दा बढी हिमालयन डिष्टिलरीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ४६ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
दोहोरो अंकले बढेको बजारमा साल्ट ट्रेडिङ्ग कर्पोरेसनको सेयर मूल्य सबैभन्दा बढी अर्थात १० प्रतिशतले बढेको छ । बुधबारको तुलनामा बिहीबारको बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ हजार २८१ रुपैयाँ रहेको छ ।
बजारमा निर्जीवन बीमा बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी ट्रेडिङ्ग समूह १८७ अंकले बढेको छ । निर्जीवन बीमा समूह भने अघिल्लो दिनको तुलनामा ९६.४३ अंकले घटेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij