२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रामेछाप जेसिज अध्यक्षमा जेसी जीवन कार्की निर्वाचित

रामेछाप जेसिज अध्यक्षमा जेसी जीवन कार्की निर्वाचित

2.8K
Shares

काठमाडौं – रामेछाप जेसिजको अध्यक्षमा युवा समाजसेवी जेसी जीवन कार्की निर्वाचित भएका छन । जिल्ला सदरमुकाम मन्थलीमा सम्पन्न जेसिजको छैटौ जिल्ला अधिवेशनले वर्ष २०२१ का लागि  शाखा अध्यक्ष पदमा कार्कीलाई निर्वाचित गरेको हो ।

साधारणसभाबाट कार्यकारी उपाध्यक्ष द्वय जेसी सरस्वती राय र जेसी प्रज्वल बुढाथोकी चयन भएका छन । यसै गरी उपाध्यक्षहरुमा क्रमश जेसी धिरज खत्री, जेसी संगिता श्रेष्ठ,कुमार श्रेष्ठ र जेसी सन्तोष भट्टराई चयन भएका हुन ।

विधानको व्यवस्था अनुसार अध्यक्षले मनोनित गर्न पाउने महासचिव र कानूनी सल्लाहकारमा क्रमश जेसी सन्तोष खत्री र रामहरी सापकोटालाई पनि शनिवार नै मनोनित गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

जेसिज २०२० का अध्यक्ष जेसी गोपाल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन मन्थली शहिद स्मृति वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गुञ्ज बहादुर श्रेष्ठले गरेका थिए ।

कार्की अर्थ नेपाल डट कममा पनि आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij