काठमाडौं –नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको मंगलबजारमा २० औं एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सेवा सञ्चालनलाई विस्तार गरेको छ । एक्सटेन्सन काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरे ।
बैंकले आफ्ना ८३ शाखाहरु, १२६ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।
यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij