२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेद्धारा तथ्यांक लिनसक्ने व्यवस्थासम्बन्धी कार्यविधि जारी (कार्यविधीसहित)

नेप्सेद्धारा तथ्यांक लिनसक्ने व्यवस्थासम्बन्धी कार्यविधि जारी (कार्यविधीसहित)

1.9K
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्जले एपीआई (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) पोलिसी लागू गरेको छ । नेप्सेले तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि, २०७७ जारी गरेसँगैै एपीआई पोलिसी कार्यान्वयनमा आएको हो । पुस १ गतेदेखि लागू हुने गरेर यो कार्यविधि जारी गरेको नेप्सेले बताएको छ ।

यससँगै आवश्यकता अनुसार इन्भेष्टमेन्ट कम्पनी, विश्लेषक, सञ्चार माध्यमका साथै गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक संस्थाहरुले नेप्सेको आवश्यक तथ्यांक पाउँछन् । त्यसका लागि नेप्सेलाई प्रति महिना तोकिएको शुल्क तिर्नुपर्नेछ ।

संघसंस्था र सञ्चार माध्यम वा अन्यको प्रयोजन अनुसार नेप्सेले बेग्लाबेग्लै शुल्क निर्धारण गरेको छ ।तथ्यांक प्रयोग गर्नका लागि प्रयोगकर्ताले प्रयोगको स्पष्ट उद्देश्य खुलाई नेप्सेमा आवेदन दिनुपर्छ ।

कार्यविधिको पुर्णपाठ हेर्न यहाँ क्लिक गनु होला

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij