२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल दाना, अण्डा, कुखुरा वितरक संघमा पाण्डे पुनः निर्वाचित

नेपाल दाना, अण्डा, कुखुरा वितरक संघमा पाण्डे पुनः निर्वाचित

1.9K
Shares

काठमाडौं – नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित भएका छ । संघको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनले पाण्डेको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा वीरबहादुर गुरुङ्, उपाध्यक्षमा क्रमशः प्रकाश चापागाईँ र प्रकाश श्रेष्ठ, महासचिवमा नेत्रनारायण आचार्य, सचिवमा नरेन्द्र अधिकारी र सह–सचिवमा मोहोनकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

समितिको सदस्यमा त्रिलोचन सुवेदी, गुरुप्रसाद सुवेदी, अनन्त दुवाडी, भरत पाण्डे, प्रेमप्रसाद गैंरे, सुरेशजङ्ग पाण्डे, प्रकाशमणि सापकोटा, इन्द्र क्षेत्री, मोहनबावु श्रेष्ठ, उमेश अधिकारी, सुदर्शन जोशी र राकृष्ण पुरी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij