काठमाडौ – मंगलबारदेखि सवारी चालक अनुमति पत्रको अनलाइन फाराम खुल्ने भएको छ।
शुक्रबार यातायात व्यवथा विभागले विज्ञप्ति जारी गर्दै पुस १४ मंगलबारदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम खुल्ने जानकारी दिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डको पालना गरी अनलाइन फाराम खुला गरिने विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताएका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij