२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विजय लघुवित्तको लाभांश घोषणा

विजय लघुवित्तको लाभांश घोषणा

1.9K
Shares

काठमाडौं -विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले २०७७ असार मसान्तसम्म कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस ५ गते बसेको लघुवित्तको सञ्चालक समितिको १२४ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरी सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ।

असार मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी २२ करोड ४० लाख ३१ हजार रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij