२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंक र मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरबीच छुट सम्झौता

मुक्तिनाथ विकास बैंक र मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरबीच छुट सम्झौता

975
Shares

काठमाडौं – मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गर्दै आइरहेकोमा पोखरा स्थीत मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसंग पनि सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरका तर्फबाट अध्यक्ष रमेश कुमार थापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट गण्डकी प्रदेश प्रमुख बाबुराम ढकालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरको विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकका ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij