२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिभुवन विश्वविद्यालयका बैंकिङ सेवा ग्लोबल आइएमईबाटै हुनेगरी सम्झौता नवीकरण

त्रिभुवन विश्वविद्यालयका बैंकिङ सेवा ग्लोबल आइएमईबाटै हुनेगरी सम्झौता नवीकरण

930
Shares

काठमाडौं – ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुबीच सेवा सम्झौता नवीकरण भएको छ। उक्त सम्झौता पत्रमा परीक्षा नियन्त्रक पुष्पराज जोशी र बैंकका तर्फबाट कीर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् ।

नवीकरण भएको सम्झौताअनुसार त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रुपमा उठ्ने शुल्क तथा धरौटी वापतको रकम बैंकले नै संकलन गर्नेछ। त्रि.वि.अन्तर्गतका क्याम्पसहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयबाट शुल्क÷रकम जम्मा गर्न मिल्नेछ। त्रि.वि.का विद्मार्थीहरुको सम्पूर्ण शुल्क यस बैंकको बल्खुस्थित काउन्टर लगायत देशभरका सबै शाखाबाट जम्मा गर्न मिल्नेछ।

परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने÷दिने लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध हुनेछ।

बैंकले देशभरका उद्योग विभाग, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय, मालपोत कार्यालय लगायतका ३० भन्दा बढी सरकारी कार्यालय परिसरबाट सेवा दिँदै आएको छ।

देशभर २६४ शाखा सञ्जालसहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत २१ लाख ग्राहकलाई बैंकले सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij