२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

थप ५८८ जनामा कोरोना संक्रमण

थप ५८८ जनामा कोरोना संक्रमण

1.6K
Shares

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०० जनामा परीक्षण हुँदा ५८८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०९७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४३ हजार ६६४ रहेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८३२० जना रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । हालसम्म मृतक संख्या १७८८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij