२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई ‘भरोसा कोष’ मार्फत कोभिडबाट विदेशमा ज्यान गुमाउने ७९ परिवारलाई नगद सहयोग

आइएमई ‘भरोसा कोष’ मार्फत कोभिडबाट विदेशमा ज्यान गुमाउने ७९ परिवारलाई नगद सहयोग

2.1K
Shares

काठमाडौं – आइएमई ‘भरोसा कोष’मार्फत आइएमई मनि ट्रान्फरले कोभिडका कारण विदेशमा ज्यान गुमाउने ७९ परिवारलाई नगद सहयोग गरेको छ । शुक्रबार राजधानीमा एक समारोहको आयोजना गर्दै कम्पनीले उक्त परिवारलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हो ।

कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर)अन्तर्गत स्थापना गरेको भरोसा कोषमार्फत उक्त सहयोग गरेको हो । कम्पनीले भरोसा कोषमार्फत विदेशमा कोभिडका कारण ज्यान गुमाउने परिवारका लागि वेदन खुल्ला गरेको थियो । उक्त आवेदनमा ७९ जनाको आवेदन परेकोमा उक्त परिवारलाई कम्पनीले नगद सहयोग गरेको हो ।

शुक्रबार आयोजित कार्यक्रमा कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, आइएमईको ब्राण्ड एम्बासडरद्वय कलाकार दिपकराज गिरी र दीपाश्री निरौंलाले पीडित परिवारलाई चेक हस्तान्तरण गरे ।

कार्यक्रममा चेक हस्तान्तरण गरिएपनि रकम भने आइएमई पे वालेटमार्फत सम्बन्धित परिवारलाई रकम भूक्तानी गरिने कम्पनीले जनाएको छ । चेक हस्तान्तरण गर्दै कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेर परिवार र देशकै लागि रेमिट्यान्स पठाउने र देश र परिवारकै लागि पसिना बगाउँदा बगाउँदै कोभिडका कारण ज्यान गुमाउनेहरुको सम्मानमा भरोसा कोषमार्फत पीडित परिवारलाई सहयोग गरिएको बताए ।

यस्तो सहयोग गर्न पाउँदा अत्यन्त खुशी लाखेको बताउँदै अध्यक्ष ढकालले सामाजिक उत्तरदायीत्व अन्तरगत अब अन्य कम्पनीहरुले पनि यसरी नै पीडामा परेकाको आशु पुच्छ्नुपर्ने बताए ।

यता कार्यक्रममा बोल्दै कम्पनीका ब्राण्ड एम्बासडर कलाकारद्वय दिपकराज गिरी र दीपाश्री निरौंलाले सामाजिक समवेदना बोकेको र समाज प्रति आफ्नो जिम्मेवारी बोकेको कम्पनीको ब्राण्ड एम्बासडर हुन पाउँदा अत्यन्त खुशी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij