२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी बैंकको एटिएमबाट कार्ड बिना पैसा निकाल्न सकिने

लक्ष्मी बैंकको एटिएमबाट कार्ड बिना पैसा निकाल्न सकिने

1.8K
Shares

काठमाडौं – लक्ष्मी बैंकले कार्ड रहित एटिटिएम प्रविधि भित्र्याएको छ । बैंकले एटिएम कार्डको विकल्पको रुपमा एक नौलो प्रविधि नेपालमै पहिलो पटक भित्र्याएको हो ।
बैंकको मोबाईल एप मा रहेको सुविधा प्रयोग गरेर ग्राहकले सजिलै एटिएमबाट कार्ड बिना नै पैसा झिक्न सक्ने बैंकले जनाएको छ । डिजिटल बैंकिंग प्रविधि विस्तार गर्ने अभियानको क्रममा बैंकले ग्राहकको वालेटलाई पूर्ण रुपमा डिजिटल बनाउने तयारी गरिरहेको छ ।
ग्राहकले बैंकको मोबाइल बैंकिंग एप – “मोबाइल मनि” र आफ्नो मोबाइलमा इन्टरनेट साथै बैंकको सो सेवा सब्स्क्राइब गरेको हुनु पर्नेछ । आफ्नो मोबाइल मनिमा लगइन गर्ने बितिकै “कार्डलेस विथ–ड्र” भन्ने अप्सन देख्न सकिन्छ । यसमा क्लिक गरेर चाहेजतिको रकम हाल्नु पर्नेछ । त्यस पछि “कन्फर्म” गर्नका लागि आफ्नो एमपिन वा फिंगर प्रिन्ट स्क्यान गर्नु पर्नेछ । यति गरिसकेपछि आफ्नो फोनमा (मोबाईल मनि मा दर्ता भएको नम्बरमा) “ओटिपि कोड” एसएमएसको रुपमा प्राप्त गर्नु हुनेछ, जसलाई कारोबार नसके सम्म सुरक्षित राख्नुपर्ने हुन्छ तर प्राप्त भएको सो ओटिपि कोड केहि समय सम्मका लागि मात्र प्रयोग गर्न सकिनेछ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij