काठमाडौं-नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको शुक्रबारको सम्पन्न ८१८ औं बैठकले १०.२६९५ प्रतिशत बोनस शेयर र करका लागि ०.५४०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij