२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फोटोग्राफर ज्ञानु राईको निर्देशनको म्युजिक भिडियो ‘उभौली’ सार्वजनिक

फोटोग्राफर ज्ञानु राईको निर्देशनको म्युजिक भिडियो ‘उभौली’ सार्वजनिक

1.1K
Shares

काठमाडौं– फोटोग्राफर ज्ञानु राईको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘उभौली’  रिलिज गरिएको छ । सुनिल राईको संगीत तथा एरेञ्ज रहेको गीतको शब्द रचना सिमान्त राईले गरेका हुन् । किराँती रीती रीवाज र संस्कृतीको जगेर्ना गर्ने हेतुले सृजना गरिएको गीतमा पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र स्वंयम संगीतकार राईले स्वर भरेका छन् । किराँतीहरुको महान पर्वको रुपमा रहेको साकेला पुजालाई गीतमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियो रिता राईले निर्माण गरेकी हुन् । उमेश राई, प्रोस्जेन राई र उषा तामाङलाई गीतको भिडियोमा फिचर्ड गरिएको छ । स्वयंयम निर्देशक राईले छायांकन गरेको गीतको भिडियोमा विर बहादुर थारुको कलर तथा सम्पादन रहेको छ । सार्वजनिक गीतको भिडियो सिमान्त राई अफिसियल नामक च्यानलबाट अपलोड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij