काठमाडौं – ज्योति विकास बैंकले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो ।
अब प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बोनस वितरण हुनेछ ।
ज्योति विकास बैंकले चुक्ता पुँजीको १० प्रतिशतले हुने ३४ करोड ९५ लाख २९ हजार ३४४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न लागेको हो । बैंकले
अघिल्लो वर्ष बैंकले १२.७५ प्रतिशत बोनस वितरण गरेको थियो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij