२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रे बैंकको २२औँ वार्षिक साधारण सभा सम्पन्न

माछापुच्छ्रे बैंकको २२औँ वार्षिक साधारण सभा सम्पन्न

1.5K
Shares

पोखरा- माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँं वार्षिक साधारण सभा ०७७ पुस २ गते होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको बैंकले विज्ञप्ती मार्फत जानकारी दिएको छ।

साधारण सभाले बैंकको आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयर धनीहरुलाई हालको चुक्तापूँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बताइएको छ।

जसमध्ये, चुक्तापूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। साधारण सभाबाट बैंकले सर्वसाधारण सेयर धनी समुहको तर्फबाट जय मुकुन्द खनाल, विश्व प्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको बैंकले जानकारी दिएको छ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैंया खुदनाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैंया ९६ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ८ अर्ब ४५ करोड रुपैया तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपै‌या संचित रहेको बैंकले बताएको छ।

१६० वटा शाखा, १४१ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा ३०१ स्थानबाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, देशभर २०० वटा एटीएमहरु मार्फत बैंकले सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij