काठमाडौं – हिमालयन बैंकको सञ्चालक समितिले सुनिलबहादुर थापाको संयोजकत्वमा मर्जर– एक्युजिसन उपसमिति गठन गरेको छ। नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर–एक्युजिसनलाई प्रोत्साहन गर्ने नीतिअनुरूप बैंकले उपसमिति गठन गरेको बैंकले जनाएको छ ।
बैंकका सञ्चालक थापाको संयोजकत्वमा गठित सो उपसमितिले मर्जर–एक्युजिसनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको खोजीका साथसाथै त्यसबारे अध्ययन विश्लेषणको कार्य गरिरहेको छ।
पछिल्लो समय दुई ठूला बैंक हिमालय र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि वार्ता भइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij