काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालिमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक रत्न बहादुर खड्का र नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालि, रुपन्देहीका निर्देशक पवन जोशीले हस्ताक्षर गरेका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क क्षेणीको मान्यता प्राप्त प्रयोगशाला नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालिले बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, तुलसीपुर, घोराही तथा धनगढी लगायतको क्षेत्रहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij