२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

ग्लोबल आइएमई बैंकको थप ६ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकको थप ६ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा

1.8K
Shares

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले ६ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिकामा, धनुषा जिल्ला नगराईन नगरपालिका फुलगामा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा, बाग्लुङ जिल्ला बाडिगड गाउँपालिका सिमालचौरमा र पाँचथर जिल्ला याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हाे । याे सँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३८ पुगेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम, एनटिसी, सिडिएमएको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले उक्त स्थानहरूमा शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको हाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij